काठमाडौँ - मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको थियो।
यस्तै, युरोपियन युरोको भाउ खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।
अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७१ पैसा र विक्रीमा ९ रुपैयाँ ७५ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ।