images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।आज अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा कायम भएको छ । त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा पुगेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।राष्ट्र बैंकका अनुसार आज साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम भएको छ । 
 

मङ्गलबार ८ असोज २०८१ १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया