images

प्रवासमा बस्ने नेपालीहरुले आफ्नो पहिचान विर्सन हुँदैन ः किरण पौडेल

सिड्नी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले प्रवासमा बस्ने नेपालीहरुले आफ्नो पहिचान नबिर्सन आग्रह गरेका छन् ।अष्ट्रेलिया भ्रमणमा रहेका पौडेलले नेपालमा भएको जग्गा जमीन नबेच्न आग्रह गर्दै मातृभूमीप्रति प्रेम कायम राख्न आग्रह गरे । उनले भने,‘नेपालमा भएको जग्गाजमीन कसैलाई कमाउन दिनुहोला । घर संरक्षण गर्नुहोला तर बेच्ने काम नगर्नुहोला ।’नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशिएका नेपालीहरुले आफ्नो पहिचान विर्सने खतरा रहेको उल्लेख गर्दै मातृभूमीमा रहेको जायजेथा जोगाएर राख्न र भावी पुस्तालाई मातृभूमीप्रति आकर्षित गराउन सम्पत्तिको संरक्षण गर्नुपर्ने बताएका हुन् ।विभागीय प्रमुखको जिम्मेवारी पाएपछि जनसम्पर्क समितिको अधिवेशन गराउने दिशामा आफू अघि बढेको पनि बताए ।उनले भने,‘जनसम्पर्क समितिहरुको अधिवेशनका सवालमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ । सोही निर्णयलाई आधार मानेर अधिवेशन गराउनेतर्फ सबै देशका जनसम्पर्क समितिका साथीहरु अघि बढ्नुपर्छ ।’
 

मङ्गलबार ८ असोज २०८१ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया