आजको शेयर बजार उच्च अंकले घट्यो, २ उपसूचमा मात्र हरियाली !

 काठमाडौँ - साता कारोबारको दोस्रो दिन शेयरबजार ओरालो लागेको छ ।  सोमबार शेयर बजार २६.६६ अंकले घटेर २२०० विन्दुमा कायम भएको छ ।

सोमबार नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको २ करोड ९ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब ७३ करोड ७६ लाख माथिको कारोबार भएको छ ।

शेयर बजार ओराली लागेसँगै ११ वटा उपसूचकमा रातो पोतिएको छ भने २ उपसूचमा मात्र हरियाली छाएको छ । आज सर्वाधिक अन्य उपसूचक २.८७ प्रतिशतले बढेको छ भने दोस्रोमा म्युचुअल फण्ड उपसूचक ०.९५ प्रतिशतले बढेको छ ।