आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँ रहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको थियो। युरो एकको खरिद दर १४५ रूपैयाँ ५४पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसा रहेको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर१६८.२० रुपैयाँ कायम रहदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा र बिक्री दर १६८.९७ रुपैयाँमा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २१ पैसामा खरिद बिक्री हुने भएको छ ।