images

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं । साताको दोस्रो कारोबार दिननेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ । 
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेर तोलामा एक हजार८२० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

सोमबार १० असार २०८१ ०६:४७ PM मा प्रकाशित

प्रतिक्रिया