images

अमेरिकासँग इजरायल असन्तुष्ट

अमेरिकाले इजरायलमाहतियार पठाउनकटौती गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जना एकाछन् ।
आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठक पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिना अघिदेखि अमेरिकाबाट इजरायलमा आउने हतियारमा उल्लेख्य कमी आएको बताएकाहुन् । उनले हतियार आपुर्ति बढाउनका लागि अमेरिकी अधिकारीसँग कुरा गरेको पनिउल्लेख गरेका छन् ।
मेमा, अमेरिकी बाइडेन प्रशासनले इजरायललाई हतियार कटौतीमाकमी गर्ने बताएको थियो ।
इजरायलले रफाहमा प्रयोग गर्नका लागि अमेरिकासँग बम आपुर्ति गर्न माग गरेको थियो । तर, अमेरिका रफाहमा इजरायलले गरेको कारबाहीको विपक्षमा रहेकाले हतियार आपुर्ति कम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
नेतन्याहुको टिप्पणी इजरायलका परराष्ट्रमन्त्री योग ग्यालेन्ट शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछिआएको हो । योभग्यालेन्टगाजा, लेबनानको अवस्था र इरानबाटआएको खतराबारे छलफल गर्न अमेरिका पुगेका छन् । नेतन्याहुले जुलाई २४ मा कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
इजरायलको मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले मेजर जनरलको नियुक्तिको घोषणापनि गरेका थिए । उनले दक्षिणमा र लेबनानी सीमान जिकबसोबास गर्ने नागरिकहरूलाई निर्वासन गर्न येफ्ताह रोन–ताल र भाइस एडमिरल एलिजर मारोमलाई नियुक्त गरेका हुन् ।  गतवर्ष अक्टोबरमा हिजबुल्लाह आतंककारीहरूले यी क्षेत्रहरूमा दैनिक रकेट प्रहार गरिरहेका थिए, जसका कारण ६० हजार इजरायलीहरू विस्थापितहुन ुपरेको थियो । इजरायल र हमासबीचको युद्धगत अक्टोबर ७ देखि सुरु भएको हो ।

सोमबार १० असार २०८१ ०६:१२ PM मा प्रकाशित

प्रतिक्रिया