images

अवरोध नहटे संसदको बजेट अधिवेशनअन्त्यगर्ने तयारी

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् ।केहीबेरअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा जम्माभएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिकबिषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ। एमालेकाअध्यक्ष केपीशर्मा ओली, नेपालीकांग्रेसका महामन्त्रीगगनथापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रकाप्रमुख सचेतकहितराज पाण्डेल बालुवाटारमा जम्माभएका छन् ।

प्रधानमन्त्रीले एमाले, माओवादी केन्द्र र प्रमुखप्रतिपक्षी दल नेपालीकांग्रेसका शीर्ष नेतासँग छलफल गरेर संसदमा जारी अवरोध खुलाउने विकल्पखोज्न लागेका बताईएको छ । प्रतिपक्षीकांग्रेसले मागगर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशकाविषयमाशीर्ष नेतासँगछलफल गरेपछि सहजअवस्थाहुने प्रधानमन्त्रीले अपेक्षा गरेको थाहाभएको छ ।प्रधानमन्त्रीले आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका थिए । उनले संसदको  जारी अवरोधले सरकार नीतितथाकार्यक्रमपारित गर्न असमर्थ भैरहेको राष्ट्रपतिसँग चर्चा गरेका थिए । यहीअवस्था जारी रहे नयाँ बजेट संसदमा प्रस्तुत गर्न सम्भव नहुने तर्फ पनिप्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराएको शीतलनिवास सूत्रले बताएको छ ।संसदको वैठक आजपनिअवरुध्द भएपछि १३ गतेलाई अर्को वैठकको मितितोकिएको छ । त्यसदिनसम्ममाप्रतिपक्षीदलसँग सहमति बनेर संसद निर्वाध अघि बढ्नसक्ने अवस्थाआयो भने सरकार नीतितथाकार्यक्रमपारित गराएर बजेट घोषणाको अन्तिमतयारीमालाग्ने देखिएको छ । केहीगरी प्रतिपक्षी दल सहमतनभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति रहेको समाचार सूत्रले बताएको छ ।यही कारणले राष्ट्रपतिसँग परामर्श गरेपछि प्रधानमन्त्रीले दलकाशीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
 

शुक्रबार​ १० जेठ २०८१ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया