गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह

मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवस भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।

गणतन्त्र दिवस २०८० मनाउने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार आयोजना बागमती प्रदेशस्तरीय मूल समारोह समितिको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले गणतन्त्रबारे भ्रम पैदा भइरहेकाले पनि यो दिवस भव्यरुपमा मनाउन प्रदेशका सचिवहरुलाई निर्देशन दिए ।

गणतन्त्र खतरामा परेको भन्दै उनले विभिन्न कार्यक्रम गरेर जनतालाई यसको महत्त्व बुझाउन जोड दिए । गणतन्त्रलाई चुनौती दिनेविरुद्ध प्रभावकारी कार्यक्रम गर्नु जरुरी रहेको बताउँदै उनले भव्य र सव्य कार्यक्रमको तयारी थाल्न निर्देशन दिए ।