गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता

पोखरा - गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जालीले बताए ।