images

अफगानिस्तानले अस्ट्रेलियालाई दियो १ सय ४९ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय  ४९ रनको लक्ष्य दिएको छ । 
अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो। राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा६ विकेट गुमाएर १४८ रन बनायो । 
अफगानिस्तानलेपन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह गुरबाजलाई गुमाएको थियो ।पहिलो विकेटको लागि १५ दशमलब ५ ओभर खर्चिएको अस्ट्रेलिया त्यसपछि भने खेलमा फर्किएको थियो । 
४९ बल खेलेका गुरबाजले४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेले। जतिबेला अफगानस्तानको स्कोर बोर्डमा११८ रन बनेको थियो । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३ बनाउँदा मोहमद नबीले अविजित १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्टे«ेलियाको लागि प्याट ममिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए । 
यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६.३ ओभरमा अजमतुल्लाह उमरजाई र १६.६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो । 
भारतसँग पराजित अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ। अष्ट्रेलियाले आजको खेल जिते सेमिफाइनलमा प्रवेश गर्नेछ।
 

आइतबार​ ९ असार २०८१ ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया