images

एनएसकेए अन्तर्राष्ट्रिय कराँते शनिवारदेखि

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
उक्त प्रतियोगिताअघि राखेप कभर्डहलमै बिहीबार र शुक्रबार प्रथम बागमती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ । महासचिव शेर्पाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख रुपैयाँ खर्च हुनेछ ।

बिहीबार ९ जेठ २०८१ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया