पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

काठमाडौँ - सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य गर्न रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।

वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त बताउँछन् । दिनरात गरेर फागुन १३ गतेदेखि १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुनेछ। सो समयावधिमा काम गरिने जनाइएको  छ ।