लिभरपुल माथि रियल म्याडिड्रको ५-२ को जीत

काठमाडाैं- स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार ५-२ को जित दर्ता गरेको छ। रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५-२ को सानदार जित दर्ता गरेको हो।

एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २-० को अग्रता बनाएको थियो। तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन।

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १-० को अग्रता लिन सफल भएको थियो। १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे।

तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियलका भिनिसियसले २-२ गोलको बराबरीमा ल्याए।

४७औं मिनेटमा मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३-२ ले अघि बढाए। ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४-२ ले अघि बढाए। ६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए।

यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ। रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ।