भारतीय पूर्वसेनापतिहरुलाई त्रिशुल, यस्तो थियो सेना दिवसको रोचक कथा

काठमाडौं - भारतीय चार पूर्व सेनापतिहरुलाई अचम्मित पार्दै नेपाली सेनाले आफ्नो २ सय ६० औं सेना दिवस मनाएको छ।

दक्षिण एशियाको सबैभन्दा पुरानो सेनाको ऐतिहासिकता कायम गरेको नेपाली सेनाले इतिहासमै पहिलोपल्ट भारतीय सेनाका चारजना पूर्वसेनापतिहरुलाई अतिथिका रुपमा निमन्त्रणा गरेको थियो।

भारतीय सेनका पूर्व प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर सिंह(जेजे सिंह), दलबीर सिंह र दीपक कपुर नेपाल अवतरण गरेदेखि नै अचम्मित हुने गरीको तयारी नेपाली सेनाले गरेको थियो।

भारतीय पक्षमा आपसी सम्मानको कत्रो भूमिका हुन्छ भन्ने सन्देश प्रवाह गर्ने गरी नेपाली सेनाले यी चार पूर्वसेनापतिहरुलाई भगवान पशुपतिनाथको विशेष दर्शनदेखि मुक्तिनाथमा पूजा र सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टसमेत गराएर दिल्ली फर्काइएको थियो।