images

बार्दली रेष्टुरेन्ट अगाडि महानगरको डोजर चल्यो 

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा डोजर लगाएको छ । 
बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेस्टुरेन्ट अगाडिको बाटो भत्काएको हो । 
बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्ट अगाडि डोजरसहित पुगेको महानगर प्रहरीहरुको टोलीले मिचेको करिव चार फुट बाटो खुला गरेको छ । 
महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका मिचिएका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

बिहीबार ५ पुस २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया