images

ईफाप्का सम्मेलन आजबाट सुरु (फोटोफिचर)

काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (ईफाप्का) को ४६ औँ सम्मेलन आजबाट औपचारिक रुपमा सुरु भएको छ । ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित काठमाडौंको हायत होटलमा आजदेखि इफाप्का सम्मेलन सुरु भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । कार्यक्रम मंसिर ९ गते शनिबारसम्म सञ्चालन हुने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले ७ गते बिहीबार गर्नेछन् । सम्मेलनमा १८ देशबाट २ सय ४२ सहित ५ सयभन्दा बढीको सहभागिता रहने महासंघले जनाएको छ ।

डेलिगेट्सहरुको आगमन केही दिनअघि नै सुरु भएको हो । आजबाट रजिष्ट्रेशन कार्य भइरहेकाे छ । सबै आउने डेलिगेट्सहरुलाई एयरपोर्टमा स्वागत गरिने छ । आज नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ पनि आयोजना गरिने महासंघले जनाएको छ ।

मङ्गलबार ५ मंसिर २०८० ०६:२८ PM मा प्रकाशित

प्रतिक्रिया