images

यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ः३६ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । 
असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । 
उनका अनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्छ । यस वर्षको नवरात्र अर्थात दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । समितिका अध्यक्ष भट्टराईले असोज १७ गते बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको जनाएका छन् । 
यस्तै असोज १८ गते शुक्रबार झन्डा फेर्ने ९पश्चिम मोहडा० ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । सोही दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।
 

शनिबार ५ असोज २०८१ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया