images

युरो कप ः डेनमार्क र इंग्ल्याण्ड तथा स्लोभेनिया र सर्बियाले अंक बाँडे

काठमाडौं । युरो कप अन्तर्गत समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । विहीबार राति भएको खेलमा खेलमा डेनमार्क र इंग्ल्याण्डले बराबरी खेल्दै १–१ अंकमा चित्त बुझाए ।
जर्मनीमा जारी प्रतियोगितामा डेनमार्कविरुद्ध इंग्ल्याण्डले १८ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । इंग्ल्याण्डका हेरि केनले गोल गर्दै अग्रता दिलाए । तर, ३४ औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । मोर्टेन हेजुलमण्डले गोल गर्दै बराबरी गरेका हुन् । 
सुरुआती अग्रता लिए प्नि जोगाउन नसकेको इंग्ल्याण्डले २ खेलमा ४ अंक बनाएर तालिकाको शीर्ष स्थानमा आफूलाई राखेको छ । दोस्रो स्थानमा भने डेनमार्क रहेको छ । डेनमार्कको लगातार दोस्रो बराबरी हो । डेनमार्कले स्लोभेनियासँगको खेल पनि बराबरी खेलेको थियो ।
यस्तै, विहीवार राति नै भएको समूह सीकै अर्को खेलमा स्लोभेनिया र सर्बिया आमने सामने भएको थिए । जसमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाए । 
आन कर्नानिकले ६९ औं मिनेटमा गोल गरेपछि स्लोभेनियाले अग्रता लिाएको थियो । तर, दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा लुका जोभिकले गोल गरेपछि दुवै टिमले एक एक अंक लिए ।
 

शुक्रबार​ ७ असार २०८१ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया