images

खेलकुदमायोगशिक्षा र विधिआवश्यक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सबैले योग गर्ने अभ्यास र बानीबसाल्नु पर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसकाअवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाल योगा खेलकुद संघले आयोजना गरेको कार्यक्रममा सदस्य–सचिव घिसिङले भने, ‘हामी सबैले योग गर्ने अभ्यास र बानीबसाल्नु पर्छ । योगले हामीलाई शारीरिक रुपले मात्रनभइमानसिक रुपले पनि स्वस्थ बनाउछ ।’
सदस्य–सचिव घिसिङले खेलकुदको तालिमलाई अझव्यवस्थितबनाउन योग संघबाट अझ सहकार्यको अपेक्षा गरेको बताए ।
‘परिषद्ले खेलकुदको तालिमलाई अझव्यवस्थितबनाउनतपाईहरुबाट थप सहकार्य र अपेक्षा गरेको छ । खासगरी नेपाली खेलकुद अब प्राविधिक र विषयगततालिममामात्रनभएर समग्र तयारीमा जुटेको छ ।’
सदस्य–सचिव घिसिङले भने, ‘विगतमापनितपाईंहरुसंग हामीले सहकार्य गरेका थियौं । गतवर्ष १९ औं एसियाली खेलकुदको तयारी होस् वाअहिले मिसन २०२६ को क्रममाहोस् । योग अभ्यासलाई हाम्रो बन्द प्रशिक्षण र विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडीहरुलाई योगसंग हामीले एकाकार गर्दै अगाडि बढी रहेको सन्दर्भमा योगमालाग्नु भएकाप्रशिक्षकहरुलाई नेपाली खेलकुदमा योग शिक्षा र विधिलाई अझव्यवस्थित ढंगले प्रयोग गर्न आग्रह गर्न चाहन्छु । अन्तर्राष्ट्रिय योग दिवसमा सबैलाई शुभकामना ।’
योगा संघले आनन्दमार्ग योगा समाज, नेपालको सहयोगमाअन्तर्राष्ट्रिय योग दिवस नेपालमामनाएको हो ।
एक हजार भन्दा बढीको उपस्थितिमाभएको कार्यक्रममा योगाका खेलाडीहरुले आकर्षक प्रस्तुतीप्रदर्शन गरेका थिए । भारत र बंगालदेशकाप्रतिनिधिको पनिउपस्थिति रहेको थियो ।

शुक्रबार​ ७ असार २०८१ ०६:३८ PM मा प्रकाशित

प्रतिक्रिया