images

डलरको भाउ स्थिर, अरूको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो । 
त्यस्तै, युरो एककोखरिद दर१४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ । सोमबार खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको थियो । 
आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । सोमबार खरिद दर १६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो । 
कतारी रियालकोमूल्य भने आज पनि स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । 
 

मङ्गलबार ७ जेठ २०८१ ०७:४० AM मा प्रकाशित

प्रतिक्रिया