बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ - बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले आजै उनीहरूलाई नियुक्त गरेका थिए।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री जम्मकटेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए ।

शपथ लिनेमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री बनेका छन् भने पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रीको जिम्मेवारीसहित शपथग्रहण गरेका छन् । यसैगरी, एकीकृत समाजवादीका डा। राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथग्रहण गरेका छन् ।