बागमती सरकार विस्तार

काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेसबाट ४ र एकीकृत समाजवादीका दुई जनालाई सरकारमा सहभागी गराएका छन् ।

कांग्रेसकी मसिना भण्डारी बन तथा वातावरण,उत्तम जोशी स्वास्थ्य, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री बनेका छन् । यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम रोजगार तथा सामाजिक विकास र राजेन्द्रमान श्रेष्ठ कृषि पशुपंक्षी विकास मन्त्री बनेका छन् ।