images

समाचार टिप्पणीःदुर्योधनको अहंकार र जनताको हस्तिनापुर

काठमाडौं। दुर्योधनको अभिमानहस्तिनापुरको विनाशकालागिपर्याप्त थियो । दुर्योधनको महत्वाकांक्षालार्ई मलजल गरेर हुर्काउने शकुनी र पुल्पुल्याउने धृतराष्ट्रविनाशको वृक्ष थिए,जहाँदुर्योधननामधारी विषको फलफलेको थियो । महाभारत कथाकाचर्चितपात्र रहेका यीतीनचरित्रहजारौं वर्षपछिपनि समाजकालागिउदाहरणबनिरहेका छन्, सायद बनि रहनेछन् ।

नेपालको राजनीतिमादुर्योधनप्रवृत्तिले शीर उठाउने प्रयास गरेको आभास हुनथालेको छ । संसद नेपालीजनताले निर्माण गरेको हस्तिनापुर हो । यसको अपमान र अवमूल्यनतीजनताको पनिअपमानहो । देशको मार्गचित्रनिर्माण गर्ने थलो हो संसद । त्यो मार्गचित्रमायात्रा तय गर्न नेतृत्वचुन्ने सर्वोच्च निकायपनिहो संसद । संविधाननिर्माण गर्ने, संशोधन गर्ने र परिष्कृत गर्दै देशकालअनुकूलबनाएर अघिबढ्ने जीवन्तसंस्थाहो, संसद ।

यतिबेलायो संसद अपमानितभइरहेको छ । राज्य सञ्चालनको जिम्मेवारीमा रहेका अधिकारीहरु नै संसदको अपमान गरिरहेका छन् ।संसदकै नेतृत्व समेत यसको मान जोगाउनअसमर्थ देखिनथालेको छ । तटस्थता संसदको  नेताको सबैभन्दाउच्च योग्यतामानिन्छ संसदीय परम्परा रहेका देशहरुमा । जस्तोसुकै परिस्थितिमापनि सन्तुलनडगमगाउननदिनु र तटस्थभूमिकानिर्वाह गरिरहनु नै संसदको मुख्यपदाधिकारी सभामुखको स्वधर्म हो । यताआएर सभामुखतीगुणहरुबाटविमुखभइरहेको भनेर प्रमुखप्रतिपक्षले आलोचना गर्न थालेको छ । संसदको स्वच्छताचाहने जोकसैका लागिपनियोचासो रचिन्ताको विषयहो ।

अर्कोतिर, सरकारको उच्चओहोदामा रहेको पदाधिकारी पनि संसदको वजनघटाउन कारणबनिरहेको देखिन्छ । के विषय संसदभित्रचर्चा गर्न मिल्ने हो, के विषय संसदको गरिमासँग मेल खाँदैन भनेर सामान्य संसदीय परम्परा र आचरणको समेत ख्यालनभएझैं गरी त्यस्ता सरकारी पदाधिकारीहरुले संसदको अपमान गरेका घटनाहरु दिनदिनै बढेर गएकाछन् ।

संसदको नेतामानिन्छप्रधानमन्त्रीलाई । संसदीय परम्परा, मान्यता, शिष्टता र आचरणको कसरी पालना गर्नुपर्छ भनेर मन्त्रीपरिषद्का सदस्यहरुलाई अवगत गराउनु र त्यसको परिपालन समेत गराउनु प्रधानमन्त्रीको पनिदायित्वहो । सरकारको नेतृत्वमा रहेपछि सदस्यहरुलाई अनुशासनमा राख्नु उसको कर्तव्य नै हुनआउँछ । तर आजभोलि प्रदर्शन भैरहेका व्यवहारले त्यस्तो देखाउँदैन ।वर्तमानसरकारका सदस्यहरुमात्यसकिसिमको आचरण संसदले अनुभव गर्न पाइरहेको देखिँदैन ।

प्रतिनिधि सभाकाएकजनापूर्व सभामुखको अनुभवमा‘वर्तमान संसदमाचरित्र दोषको असर देखिएकोछ ।’कसै न कसैको आलोचनानगरी संसदकाविषयमाचर्चा सुरु गर्न सकिने परिस्थिति नरहेको भनेर आफ्नो नामउल्लेख गर्न नरुचाउने तीपूर्व सभामुखले राजनीतिक नेतृत्वको आचरणकै कारण संसदले आफ्नो आस्था र गरिमा गुमाउँदै गएको टिप्पणी गरे ।

वर्तमानप्रधानमन्त्री र उनको नेतृत्वमा रहेका सदस्यहरुले पनिविचार गर्नुपर्ने प्रसंगहरु हुन् यी ।

यसो भनेर संसदको प्रतिपक्षी बेञ्च यसमाजिम्मेवार छैन भन्ने होइन । उ त सरकारलाई हरेक प्रश्नमाजवाफदेही र उत्तरदायीबनाउनझनबढीजिम्मेवार छ । संसद भनेकै प्रतिपक्षको हो भन्ने मान्यतालाई आत्मसात गरिएको छहाम्रो संसदीयअभ्यासमा। संसदको मूल्यमान्यता, अनुशासन र गरिमाको रक्षा गर्नु, प्रवर्र्धन गर्नु र तलवितलहुननदिनु प्रतिपक्षको जिम्मेवारी मानिन्छ । सत्तामापुगेपछि संसदलाई वैरी जस्तो व्यवहार गर्ने गलतप्रवृत्तिविरुध्दउभिएर जननिर्वाचित संस्था जोगाईराख्ने दायित्वपनिप्रतिपक्षकै हो ।

यतिबेलासंसदमाप्रमुखप्रतिपक्ष र प्रतिपक्षीदलहरु यतिगम्भीर र जिम्मेवार पनि देखिँदैनन् । केवलआफ्नो स्वार्थको बिषयमाशक्तिखर्च गरेर संसदीयप्रभावकमजोर बनाउनप्रतिपक्षको समेत अप्रत्यक्षभूमिका देखिन्छ । यो चिन्ताको विषय हो । संसदको प्रभावबढाउन र यसप्रतिजनताको विश्वास प्रबलबनाउनप्रतिपक्षकोमहत्वपूर्ण जिम्मेवारी हुन्छ ।

६ जेठ, आइतबार उपप्रधानतथा गृहमन्त्रीले संसदमाअभिव्यक्त गरेको प्रसंग उनको लागिउपयुक्तथियो होला । उपयुक्तहुने नै भयो । संसदको गरिमा र मर्यादा अनुकूलभने अवश्यपनिथिएन । उनी केवलव्यक्तिका हैसियतमाकठघरामाउभिएकाथिएभने उनको मन्तव्यउपयुक्त नै मानिनपनि सक्दथ्यो होला । उनी सरकारका बहालवालामन्त्रीथिए, संवेदनशीलजिम्मेवारी बोकेका सरकारका पदाधिकारी । आफ्ना विरुद्धउठेका प्रश्नहरुको जवाफदिँदा रोष्ट्रमको मर्यादा राख्नभने उनीचिप्लिरहेका थिए । संसद र खुलामञ्चको सभाको भिन्नताबुझ्न नसकेको एउटाअपरिपक्ववक्ताको स्वरुपमाउभिएकाथिए गृहमन्त्री । यो घटना संसदको मर्यादा गिराउननिकै जिम्मेवार देखियो प्रतिनिधि सभा वैठकमा ।

मन्त्रीको भाषा, अभिव्यक्ति शैली र उदाहरणहरु जसरी प्रस्तुतभइरहेका थिए, तिनलाई संसदीयआचरणअनुकूलभएनभएको भनेर सचेत गराउन सभामुखलाई पनि त्यति धेरै चासो भएको देखिएन। उनको उदासीन र अन्यमनस्कअध्यक्षताले  प्रतिनिधि सभाको गरिमा निरीह बनिरहेको देखियो ।व्यक्तिको अभिमान, क्रोध, अहंकार, घमण्ड र शक्तिको दम्भप्रकटभएर संसदमात्यसकोनकारात्मक असर पर्न नदिनु सभामुखको परम कर्तव्य हो । सभामुख नै रमिते बन्यो भने सभामादुर्योधनप्रवृत्तिको हुँकार गुञ्जिरहन्छअनिजनताको हस्तिनापुर जस्तो संसद सदैव निरीह भइरहन्छ । आजको चिन्ताको विषय यो हो ।

मङ्गलबार ७ जेठ २०८१ ०७:४३ AM मा प्रकाशित

प्रतिक्रिया