रातो मासु महिलाहरुको लागि खतरनाक, हुनसक्छ स्तन क्यान्सर

काठमाडौँ - रातो मासु स्वादको कारण धेरै मानिसहरुको लागि आकर्षण बनेको छ तर यसले स्वास्थ्यमा पुर्‍याउने गम्भीर समस्याको बारेमा धेरैलाई थाहा नहुन सक्छ । अनुसन्धानकर्ताहरुका अनुसार रातो मासु खानाले महिलाहरुमा स्तन क्यान्सरको समस्या निम्तिन सक्छ । यसको तुलनामा कुखुराको मासुले कम असर गर्ने बताइएको छ ।

अमेरिकाको नेशनल इंस्टिट्युट अफ एन्वायरनमेन्टल हेल्थ साइन्सका डाक्टर डेल पी स्यान्डलर भन्छन्, ‘हामीले ४२ हजार १२ जना महिलाहरुमा गरेको अनुसन्धानले रातो मासु खाने महिलाहरुलाई बढी स्तन क्यान्सरको समस्या देखियो ।’ डाक्टर स्यान्डलरका अनुसार उनीहरुले यो अनुसन्धान ७ वर्षसम्म जारी राखेका थिए ।

अनुसन्धानबाट १५ सय ३६ महिलामा स्तन क्यान्सर भएको देखायो । उनीहरुले बढीभन्दा बढी रातो मासुको सेवन गर्नेगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुखुराको मासु प्रयोग गरेका महिलाहरुमा स्तन क्यान्सरको जोखिममा कम हुने अनुसन्धानको निष्कर्ष छ ।