काठमाडौं । पूर्वप्रधानमन्त्रीएवम् माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाएका छन् । निजिनिवास खुमलटारमा शनिबार एनआरएनएअभियन्ताहरूको एक टोलीसँगको छलफलमा अध्यक्षदाहालले विवादकै कारण एनआरएनएतितरबितरको अवस्थामापुगेको प्रतिचिन्ताव्यक्त गरे । फुटेर नभई एकताबद्ध भएको खण्डमामात्रै समृद्ध नेपालनिर्माणका लागिएनआरएनएको भूमिकाप्रभावकारी हुन सक्ने उनको भनाइ छ । विगतदेखि नै आफूले एकताबद्ध एनआरएनएकालागिभूमिकाखेलेकोसमेत प्रचण्डले भेटका क्रममा स्मरण गरे । २०८० असारमा प्रचण्डकै मध्यस्थतामाविभाजितअवस्थामारहेका तत्कालीनदुई एनआरएनए (अध्यक्षबद्री केसी, कुलआचार्य र रविनाथापापक्षतथाविनोद कुँवर पक्ष)बिचएकता गर्ने सहमति जुटेको थियो । तर, त्यतिबेलाकातीनअध्यक्षमध्ये बद्री केसीले नचाहेसँगै एकता भाँडिएको थियो भने पछि विवादथप बढेर विभिन्न समूहमाएनआरएनए रहेका छन् । अध्यक्षदाहालले भने, ‘एनआरएनएप्रवासमा रहेका नेपालीहरूको सुखदुखको साथीहो । तपाईंहरुको जुन उद्देश्य छ, एक नभईकन त्यो पूरा हुनगाह्रो छ । विगतमापनिमैले एकताकालागिपहल गरेको थिएँ । अब पनित्यसकालागिपहल गर्छु ।’ सो अवसरमा एनआरएनएअभियन्ताहरूले एनआरएनएसँग सरोकार राख्ने विषयहरूबारे प्रचण्डको ध्यानाकर्षण गराएकाथिए । पूर्वअध्यक्षकुलआचार्यले गैरआवासीयनागरिकताकार्यान्वयनमा ढिलाइ भएकोप्रतिप्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘यहाँकै हातबाट लिएको गैरआवासीय नेपालीनागरिकताअहिलेसम्म प्रयोगमाआउन सकेको छैन’, गैरआवासीयनागरिकताकार्यान्वयनहुननसक्दालाखौँ गैरआवासीय नेपालीचिन्तित छौँ । यसमा यहाँबाट सहजीकरणको अपेक्षा राखेको छु । ’ संविधानमाभएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीनागरिकताबारे स्पष्ट व्यवस्था गरेर सम्पत्तिको सुरक्षालगायतमातलमाथिनहुनेगरी आवश्यकव्यवस्थामिलाउनकालागि समेत उनले आग्रह गरे ।
प्रतिक्रिया