सुन तस्करी प्रकरण : पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ - सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका उनीहरुलाई १० दिन थुनामा राख्न अदालत अनुमति दिएको हो । एक क्वीन्टलभन्दा बढी सुन तस्करीमा चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जना पक्राउ परेका छन् ।

सुन तस्करी काण्डमा संलग्न चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार विहान विभागले पक्राउ गरेको थियो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।