images

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय २८  जनाको मृत्यु

काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी,पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२जना, मधेश प्रदेशमा ५ जना, बागमती दप्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना,लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७जना र सुदूर पश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो । 
साथ,ै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९जना, बागमती प्रदेशमा ७जना, गण्डकीप्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना,कर्णाली प्रदेशमा ३३ जना र सुदूर पश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४३ जनाघाइते भएकाछन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । 
साथै,कोशीप्रदेशमा ४९ जना, गण्डकीप्रदेशमा १२ जना र सुदूर पश्चिमप्रदेशमा ५ जना गरीजम्मा ६६ जनाको उद्दार गरिएको छ । बाढीपहिरोमा परी कोशीप्रदेशमा २ जना, मधेशप्रदेशमा १ जना, बागमतीप्रदेशमा २ जना, गण्डकीप्रदेशमा १ जना, कर्णाली प्रदेशमा १जना र सुदूर पश्चिमप्रदेशमा १ जना गरी ८ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजीकार्य जारी रहेको  छ ।
बाढीको कारण जम्मा १सय ८२ घर डुबानमा परेका छन् । २ सय २८ वटा घर, ८३वटागोठ, ४३ वटापुल, १ वटाविद्यालय र २ वटा सरकारी कार्यालयमाक्षतिपुगेको छ ।५ सय ८९ वटापशु चौपायको मृत्यु भएको छ । उक्तअवधिमा विपद्का घटनाबाट ३हजार ७ सय७९ घर परिवार विस्था पितभएका छन् ।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलार्इ सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमा लनिकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीय बासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ ।
 

शनिबार ५ साउन २०८१ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया