काठमाडौं । प्रहरीले अवैध लागू औषधसहित विभिन्न स्थानबाट१३ जनापक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बोहोराटर बस्ने२८ वर्षीय विजय बोहोरा, बुढानिल कण्ठन गरपालिका–६ बस्ने ३६ वर्षीय अनिलतामाङ,३९ वर्षीया मुस्कानतामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३७वर्षीय हरि बहादुरबस्कोटा रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाटखटिएको प्रहरीले बिजयको साथबाटकरिब ५सय मिलिग्रामउक्त पदार्थ, अनिलतथा मुस्कानको कोठाबाट २ ग्राम ५ सय मिलिग्रामतथानगद २० हजार रूपैयाँ र हरिबहादुरको कोठाबाट १० ग्रामउक्तपदार्थ, नगद ६० हजाररूपैयाँ र डिजिटल तराजु बरामद गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका–३ निमकोठियाबस्ने २४ वर्षीय जगमोहन रैदासलाईअवैध लागूऔषधगाँजाकरिब ५ सय ग्राम सहितशुक्रबार रातिप्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी खैरापुरबाटखटिएको प्रहरीले उनको घर तलासीगर्दा उक्तगाँजा फेलापारीउनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्तनगरपालिका–१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित सोहीठाउँबस्ने २० वर्षीय दिप्पु चौधरीर २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषधनियन्त्रणब्यूरो शाखाकार्यालय महेन्द्रनगर कञ्चनपुरबाटखटिएको प्रहरीले उनीहरूलाईउक्तपदार्थ सहितपक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका–७इँटाभट्टा चोकबाटअवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २ ग्राम सहित मेचिनगर नगरपालिका–७बस्ने २९ वर्षीय अमररिमाललाई शुक्रबार रातिप्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्तपदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका–५ राजपैडाटोल बस्ने ३५ वर्षीय किरन कुमार विश्वकर्मालाई अवैध लागूऔषधगाँजा १० किलोग्राम सहितशुक्रबार रातिप्रहरीले पक्राउगरेको छ । इलाकाप्रहरी कार्यालय चन्द्र निगाहपुरबाट खटिएको प्रहरीले उनको घर तलासीगर्दा उक्त गाँजा फेलापारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका–२० भज्याङ छेउस्थित सडकबाट अवैधलागू औषधगाँजाकरिब १२ किलोग्राम सहित ईटहरी उपमहानगरपालिका–१० बस्ने ४०वर्षीय रामकुमार चौधरी समेत ४ जनालाई शनिबार बिहानप्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बिष्ण ुपादुकाबाट खटिएको प्रहरीले को.२७ प ४८४७नम्बर, को.१८ प४६४० नम्बर, प्रदेश नं. १–०२–००६ प ६५० नम्बरका ३ वटा मोटरसाइकल र बागमती प्रदेश–०१–०२६ च ५०१९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेलापारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया