images

सेयर बजारमा लगातार हरियाली, नेप्सेमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं । सेयर बजार बढ्ने क्रम साताको दोस्रो दिन पनि जारी छ । सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० मा पुगेको छ । १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । 
यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 
सोमबार १३ मध्ये ८ उपसमूह बढेको छ भने ५ उपसमूहको सेयरमूल्य घटेको छ । वाणिज्य बैंक उपसमूह सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ । व्यापार २.२३, लगानी १.८४, जलविद्युत १.३८, म्युचुअल फण्ड १.२४ प्रतिशतले बढेका छन् । 
फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा घटेका छन् । 
१३४ कम्पनीको सेयरमूल्य बढ्दा सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ता सर्वाधिक फाइदामा रहे । यी चार कम्पनीका सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । 
बाराही हाइड्रोपावर, एनआइसी एसिया बैंक, माईखोला हाइड्रोपावर पनि बढेका छन् । 
१०७ कम्पनीको सेयरमूल्य घट्दा उपकार लघुवित्तका लगानीकर्ता सर्वाधिक ७.४० प्रतिशतले नोक्सानमा छन् । सृजनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक नेपाल लघुवित्त, नारायणी विकास बैंक सेयरमूल्य घटेका कम्पनीको सूचीमा छन् । ५ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । 
पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १८ करोड ८९ लाख, शाइन रेसुंगा विकास बैंकको १३ करोड ४८ लाख र एनआइसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   
 

सोमबार ६ जेठ २०८१ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया