पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

हाल डिजेल मात्रै आयात भइरहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा निर्माणाधीन पेट्रोलको स्टोरेज ट्यांक । नेपाल र भारतले बनाइरहेको परियोजनाको नेपालतर्फका प्रमुख ई. प्रदीप यादवका अनुसार तीन महिनामा निर्माण सक्ने गरी पेट्रोलका तीनवटा र डिजेलको एउटा भण्डारणगृह बनिरहेका छन् भने आगामी ६ महिनाभित्र सबै तयारी पूरा गरी पाइपलाइनबाट पेट्रोल र डिजेल आयात गर्ने योजना छ । यहाँ एक करोड ८२ लाख लिटर पेट्रोल–डिजेल अटाउने भण्डारणगृह तयार हुनेछ ।