काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामात्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिकपूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहकप्रवक्तामनिषझाले विज्ञप्ति निकालेर न्यायिकनिकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिकप्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् । बिना कारण, बिनाआधार सभापतिलाई पक्राउ गरेर आमनागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँअपचलन गर्नेलाई उन्मुक्तिदिने खेल शुरू भएको समेत रास्वपाले आरोप लगाएको छ । गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमाएकअर्कालाई बचाउँदै लुट्दै आएकादलहरूले नयाँ राजनीतिकअभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।
प्रतिक्रिया