साइबर सुरक्षा नीतिमाथि छलफल, इन्टरनेटको बल्क गेटवे सुरक्षित राख्नुपर्ने सुुझाव

काठमाडौँ - राष्ट्रिय साइवर सुरक्षा नीति २०८० माथि सरोकारवालासँग अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । थापागाउँस्थित प्रेसीडेन्सियल बिजनेश स्कुलमा शुक्रबार विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा केन्द्रिय साइवर सुरक्षा, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशन, एनपी सर्ट र डिजिटल राईट्सको संयुक्त आयोजना साईबर सुरक्षा नीतिमाथिका समस्या चुनौतिका विषयमा छलफल भएको हो ।

छलफल कार्यक्रमका सहभागीहरुले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति सरोकारवालासँग छलफल नै नगरी एकतर्फी रुपमा जारी गरिएकोमा आपत्ति जनाएका थिए । उक्त कार्यक्रममा सीएसआरआईका अध्यक्ष तथा प्राध्यापक डाक्टर शुवर्ण शाक्यले आम सरोकारवालाबाट प्राप्त राय सुुझावलाई साइवर सुरक्षा नीति २०८० मा समावेश गर्न आवश्यक पहल गर्ने बताए । साथै उनले सुरक्षा नीतिलाई आम नागरिकको हितलाई ध्यानमा राखेर ल्याउन लागेका बताए ।