आजको शेयर बजार : नेप्से ११.१७ अंकले बढ्यो, ३ अर्ब ३४ करोडमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३३ अंकले बढेर ४१०.४६ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा युनाइटेड अजोड इन्स्योरेन्स अग्रिम स्थानमा छ । यसको आज २३ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र शिवम सिमेन्ट को कारोबार भएको छ ।