आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? युरोको भाउ १४७ रुपैयाँ नाघ्यो

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा रहेको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा रबिक्री दर १४७ रूपैयाँ ८० पैसा रहेको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २४ पैसा र बिक्री दर ८९ रुपैयाँ ६४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ  १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा पुगेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३९ पैसा र बिक्रीदर  १० रूपैयाँ ४३ पैसामा खरिद बिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९ पैसा तथा  बिक्री दर ३५ रुपैयाँ ६ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा र बिक्री दर २८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।