images

घट्यो डलर, युरो र पाउण्डको मूल्य 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै,युरो एककोखरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा तोकिएको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा तोकिएको थियो । 
आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो । 
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ । 
 

बुधबार ५ असार २०८१ ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया