images

पुनः सडकमा आउने लघुवित्तपीडितको चेतावनी

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमतिभंग गरेर पुनः सडकमा जाने चेतावनीदिएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथावित्तीयशोषणविरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै सरकार आफूहरुप्रति सकारात्मकहुँदापनि राष्ट्र बैंक वित्तीयमाफियाको पक्षमा रहेकोसमेत आरोप लगाएको छ । समितिकाअध्यक्षमनिराम ज्ञवालीले सरकारसँग सहमति भएपछि पीडितहरुले न्यायपाउने विश्वास लिएपनिपुनः लघुवित्तहरुले गाउँगाउँमा छिरेर अत्याचार बढाएको भन्दै आक्रोसव्यक्त गरे । निषेधित क्षेत्र तोडेर आफूहरुसंसद भवन छिरेरशान्तिपूर्ण आन्दोलनलाईउत्कर्षमापु¥याएको इतिहास रहेको उल्लेख गर्दै उनले भने,‘सरकारहाम्रामागमा सकारात्मक छ, राष्ट्र बैंककागभर्नरमाफियाको संरक्षक भएतिनलाई पनित्यहीँ घेर्ने दिननआओस् ।’ लामो समयदेखिआन्दोलितआफूहरुको मागलाई हल्कालिएकुनै पनि समयमा सहमतितोडेर सडक तताउने र निर्णायकआन्दोलन गर्ने चेतावनीसमेत ज्ञवालीले दिए । समितिका सचिव रमेश तामाङले लघुवित्तबाट देशमा ४० लाख ऋणी र ६० लाख पीडित रहेको जनाउँदै सरकारले जसरी पनिन्यायदिनुपर्ने बताए । पछिल्लो समयमा लघुवित्तहरुले सरकारसँगको सहमतिलाई चुनौतीदिदै गाउँगाउँ छिरेर पीडितमाथि ज्यादती बढाएकोप्रतिअक्रोशितहुँदै उनले भने,‘लघुवित्तका झोलेहरुलाई कुकुरलाई जसरी खेदाउनहामीले सरकारसँग सहमति गरेर आन्दोलन टुंग्याएका छैनौं ।’ संघर्ष समितिका राष्ट्रिय स्वयमसेवकविभागकाप्रमुख रमेश सेन्चुरीलेसरकारसँग सहमति गरेर आफूहरुले अनैतिक सम्झौतानगरेको प्रष्ट्याए ।  उनले भने, ‘लाखौं–लाखको जीवनको सवालको विषयमा त्यसै आन्दोलन छाड्ने कुरा छैन, पीडितले न्यायनपाउन्जेल लड्ने हो ।’
 

मङ्गलबार ६ चैत २०८० ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया