काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।