आजको मौसम : दुई प्रदेशमा भारी वर्षा र अन्यमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौँ - मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पूर्वानुमान् छ ।

उनका अनुसार न्यूनचापीय रेखा अहिले भारत नजिक रहेकाले नेपालमा एकाध स्थानबाहेकमा हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।
अहिले पनि गण्डकी र बागमती प्रदेशका एक(दुई स्थानमा  हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू(भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मानन्धरले बताइन् ।
काठमाडौं उपत्यकामामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेश लगायत बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् । उनका अनुसार वर्षा कम भएपछि तराईका भूभागहरूमा तापक्रम बढेको छ । हिजो जनकपुरको तापक्रम ३६ डिग्री सेल्सियस पुगेको थियो । विराटनगर, सिमरा, नेपालगञ्ज लगायतका भूभागरहरूमा  गर्मी महशुस गरिएको छ । काठमाडौं उपत्यकामा औसत तामक्रम २८ देखि ३० डिग्री रहनेछ ।