images

समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर हुँदा अपराध बढ्योः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ । शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताउनुभएको हो । उहाँले यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनु भयो । उहाँले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उहाँको भनाई छ । उहाँले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताउनु भयो । 
 

आइतबार​ २ भदौ २०८१ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया