आजको शेयर बजार : नेप्से ९.९१ अंकले बढ्यो, कारोवार रकम कति ?

 काठमाडौँ - साताको कारोबारको तेश्रो दिन आज सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले बढेर ४०७.१३ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त अग्रिम स्थानमा छ । यसको आज २१  करोड ७७ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा शिभम् सिमेन्ट र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।