images

युरो कप ः फ्रान्स, स्लोभाकिया र रोमानियाको जित

काठमाडौं । युरोकप फुटबलअन्तर्गत गएराति भएका खेलमा फ्रान्स, स्लोभाकिया र रोमानियाले जित हासिल गरेका छन् । 
जर्मनीमा जारी प्रतियोगितामा समूह ‘ई’ अन्तर्गतका खेलमा रोमानियाले युक्रेनलाई ३–० ले पराजित ग¥यो । रोमानियाले युरो च्याम्पियनसीपमा २४ वर्षयताकै पहिलो जित हात पारेको हो । जितसँगै रोमानियाले बेल्जियम र स्लोभाकिया सम्मिलित समूहमा आफूलाई बलियो स्थानमा उभ्याएको छ ।
 रोमानिया छनोट चरणमै अपराजित थियो । अहिलेको जितसँगै रोमानिया प्रतियोगिताकै बलियो टिम साबित भएको छ । रोमानियाका लागि खेलको २९ औं मिनेटमा निकोलाय स्टानक्लुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले यसका लागि २० यार्डबाट शक्तिशाली प्रहार गरेका थिए । 
दोस्रो हाफमा रोमानियाले ५ मिनेटको अन्तरमा दुई गोल ग¥यो । राजभान मारिनले ५३ औं मिनेटमा दोस्रो गोल गरे । यो पनि लामो दूरीबाट शक्तिशाली प्रहारमै सम्भव भएको थियो । यस्तै डेनिस ड्रागसले ५७ औं मिनेटमा तेस्रो गोल थपे । दोस्रो हाफको अधिकांश समय युक्रेनको पकडमा रहे पनि टोलीले गोल गर्न सकेन । 
यस्तै गएराति भएको यही समूहको अर्को खेलमा स्लोभाकियाले बेल्जियमलाई १–० गोलले पराजित गरेको छ । स्लोभाकियासँग अप्रत्यासित हार बेहोरेपछि बेल्जियम दबाबमा परेको छ । खेलको सातौँ मिनेटमै स्लोभाकियाका लागि इभान श्रान्जले गोल गरे, जुन खेलको निर्णायक बन्यो । 
त्यस्तै, समूह ‘डी’ को अर्को खेलमा फ्रान्सले अष्ट्रियालाई १–० पराजित ग¥यो । खेलमा फ्रान्सेली स्टार खेलाडी एम्बाप्पे चम्किन सकेनन् । अन्त्यतिर उनको नाकमा चोट लागेर रगत बगेपछि उनी सब्स्टिच्युटमा परे । अष्ट्रियाका म्याकमिलियन वबरले ३८ औँ मिनेटमा आत्मघाती गोल गर्दा फ्रान्सका नाममा जित दर्ता भयो ।

मङ्गलबार ४ असार २०८१ ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया