काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र घिमिरेबीच नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल भएको हो । प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीले आज संसदमा सांसदहरूको जवाफ दिँदैछन् । प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न गर्ने तय भएको छ ।