काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक वर्ष २०७९र८० को पहिलो नौ महिनामा ९ सय ३ अरब ३९ करोड रेमिट्यान्स भित्रिएको जानकारी दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको प्रश्नोत्तरका क्रममा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले सो जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०७९र८० को पहिलो नौ महिनामा भित्रिएको रेमिट्यान्स् गत आर्थिक वर्षको तुलनामा २४ दशमलव ३२ प्रतिशत बढी भएको पनि उनले जानकारी दिए । सांसद न्यौपानेले सोधको प्रश्नको जवाफ दिँदै प्रचण्डले नेपालबाट बाहिर पढ्न जाँदा ६७ अरब १९ करोड रूपैयाँ बाहिरिएको बताए ।