images

पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग पराजित

काठमाडौं । आफ्नो डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ । आइतबार मुलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्यो । नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार ग¥यो । क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे । नेपालका लागि साहब अलामले २ विकेट लिए ।  उनले १० ओभरमा ३१ रन खर्चिए । यस्तै प्रतिश जिसी, रशिद खान, सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए । 

आइतबार​ ५ फागुन २०८० ०७:१९ PM मा प्रकाशित

प्रतिक्रिया