काठमाडौं । आइसीसीविश्वकपलिग–२क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजितभएको छ ।एक दिवसीयक्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजितभएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो ।सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो । क्यानडाका कप्ताननिकोलशकिर्तनले ४४ बलमा७३ रनको आक्रामकपारि खेलेका थिए । नटआउट रहेकाउनले ६ छक्का र ३ चौका प्रहार गरे । यसैगरी नभनितधालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे । यसैगरी हर्ष ठाकरले २७ रन बनाएकाथिए । नेपालका सोमपालकामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहितपौडेलले एक एकविकेट लिए ।
२५४ रनको लक्ष्यसहित मैदानउत्रिएको नेपाली टिमको ब्याटिङ अर्ड ध्वस्तहुँदा ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो । नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए । यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे । गुलसनझाले १५ रन बनाउँदाकुशलमल्लको ब्याटबाट १२ रन बन्यो । ओपनर कुशलभुर्तेल १ रनमा आउट हुँदाकप्तान रोहितपौडेलले ५ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपालकामीले ६ रन बनाउँदाललित राजवंशी २३ बल खेल्दै खातानखोली नटआउट रहे ।नेपालको ब्याटिङ ध्वस्तबनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । यस्तै, अखिलकुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए ।विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमाहारसहित १० अंकबनाएर दोस्रो स्थानमाउक्लिएको छ । यतानेपालभने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंकबनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया