वैदेशिक रोजगारीको एक बर्ष : १२ सय ८ नेपालीको मृत्यु, झण्डै चार सय जना अङ्गभङ्ग 

काठमाण्डौँ - १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९र०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् । 

यो तथ्याङ्क बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्छ ।
बोर्डले मृतक १२ सय आठ श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छन् ।

श्रम स्वीकृति लिएर गएका श्रमिकको श्रम अवधि भित्रै ज्यान गएमा बोर्डले मृतक श्रमिकका परिवारलाई सात लाख रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गर्छ ।