हेटौंडाका वडाध्यक्षहरुले बागमती प्रदेश सरकारलाई बहिष्कार गर्ने

हेटौंडा - बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरुले प्रदेश सरकालाई सार्वजनिक कार्यक्रममा बहिष्कार गर्ने भएका छन् ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटमा प्रदेश राजधानी हेटौंडा प्राथमिकतामा नपरेको भन्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र उनका मन्त्रीहरुलाई बहिष्कार गर्ने बताएका हुन् ।