काठमाडौं । युवातथाखेलकुदमन्त्रीविराजभक्तश्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको सय दिनपुगेको अवसरमा प्रगतिविवरण सार्वजनिकगर्दै मुलुकको खेल क्षेत्र चलायमानबनाएको दाबी गरेका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजितपत्रकार सम्मेलनमाआफ्नो सय दिनको कामलाई समीक्षात्मकरुपमा प्रस्तुत गरेका हुन् । खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन र खेलकुदप्रतियोगिताकाकार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुदप्रतियोगिताहरुको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको उनले बताएकाछन्।
कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपालर कतार सरकारबीचभएको द्विपक्षीय समझदारीपत्रमायुवातथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको उनले प्रगतिविवरणमा उल्लेख गरेका छन्।
नेपाल स्काउटको जग्गा भाडामा लिने दिने बारे भएको सम्झौता र त्यस सम्बन्धमा सम्मानितउच्चअदालत पाटनको फैसलाकार्यान्वयनको सम्बन्धमा छानविन समिति गठन गरी प्राप्तप्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथाअनाधिकृत उपयोग गरेको संरचनानियमसंगतउपयोग गर्न कानुनीव्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमासिलबन्दी गरिएको उनले जनाएकाछन्।
विश्वविद्यालयमाखेल विज्ञान अध्ययनकालागि काठमाडौं विश्वविद्यालयसँग समझदारी भएको छ। साथै विद्यालय स्तरको पाठ्पकममा खेलकुदविषय समावेश गर्न शिक्षा विज्ञान तथाप्रविधिमन्त्रालयमा अनुरोध गरी पठाइएको उनले उल्लेख गरेका छन्।
सहभागितामूलकनीतिनिर्माणको अवधारणा अनुरुप राष्ट्रिय खेलकुदनीति, र राष्ट्रिय युवानीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी उनले दिए।
राष्ट्रिय खेलकुदविकास नियमावली २०७९ बमोजिम गठितराष्ट्रिय एन्टीडोपिङ एजेन्सीलाई पूर्णतादिई क्रियाशीलबनाइएको, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सम्भावनाभएका खेलहरुलाई मध्यनजर गरी पूर्वाधार विकासकालागिमुलपानीक्रिकेट रंगाशालाकोडीपीआर तयार गरिएको र कीर्तिपुर किकेट रंगशालामा स्कोर बोर्ड राख्ने सम्झौताभएको तथाफ्लडलाइट खरिद प्रक्रिया अगाडि बढाइएको र दशरथ रंगशालाको मर्मत कार्य सम्पन्नभएको उनले उल्लेख गरेका छन्।
यस वर्ष कर्णालीप्रदेशमा १०औं राष्ट्रिय खेलकुदप्रतियोगिताआयोजना गर्न कर्णालीप्रदेश सरकारको अग्रसरतामा सुर्खेतमा रंगशालासहितको खेलकुदपूर्वाधार निर्माण कार्यलाई तीव्रतादिइएको, टी–ट्वेन्टी विश्वकपक्रिकेटमा नेपालको सहभागिता र मिसन २०२६ अन्तर्गत १० खेलका खेलाडीहरुलाई विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले जनाएकाछन्।
देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धीकार्यविधिको मस्यौदा तयार गरिएको छ।
प्रतिक्रिया