इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमातीनजनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।
पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय इलामले जनाएको छ ।
भिडियो बनाउने हेतुले तीयुवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुनअहिले हटाइएको छ ।
‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहाश्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजायहुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्लाप्रहरी कार्यालय इलाममाउजुरी दर्ता गराएको थियो ।
नेपालको प्रचलितकानुनले कुनैपनिपशु प्राणीलाई निर्दयीव्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीनमहिनासम्म कैद र पाँचहजार रुपैयाँसम्म जरिवानाहुनसक्ने प्रावधान छ ।
प्रतिक्रिया